पोखरा रंगशाला पुन:निर्माण हुन अझै समय लाग्ने

तामसालिङ खबर
४ श्रावण २०७६, शनिबार १०:३९

साउन ४, पोखरा – मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि पोखरा रंगशाला पुनःनिर्माण हुन समय लाग्ने भएको छ । निर्माण कम्पनीले कात्तिक सम्म आंशिक रुपमा निर्माण सम्पन्न गर्ने युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको हो ।

साग अन्तर्गत महिला फुटबल पोखरा रंगशालामा हुँदैछ । मन्त्रालयमा शुक्रबार भएको बैठकमा कम्पनीका प्रतिनिधिले साग नरोकिने गरी निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

बैठकका निर्णयबारे जानकारी दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी सदस्य राजेश गुरुङले सागका खेल नरोक्न सबै सरोकारवाला सकारात्मक भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*