तेक्वान्दोको ४६ जना खेलाडीलाई ग्रेडिङ प्रदान
असोज ५, सर्लाही– प्रदेश नम्बर २ सर्लाही एम्बिशन एकेडेमीमा अध्ययनरत तेक्वान्दो खेलाडीको बिद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै ग्रेडिङ प्रदान गरिएको छ । तेक्वान्दोको सर्लाही प्रशिक्षक सिक्स डन भरत भन्डारी र बद्री सापकोटाले ४६ जना खेलाडीहरुलाई ग्रेडिङ प्रदान गरेको विद्यालयले जनाएको छ । पछिल्लो समयमा तेक्वान्दो खेललाई त्यति प्राथमिकता नदिइरहेको बेला विद्यालयबाट पुनः यो खेललाई जोगाउनको लागि र विद्यार्थीको आत्मा रक्षाका लागि विद्यालयले सुरुवात गर्दै उदाहरणीय काम गरेकोमा सहभागीहरुले धन्यबाद व्यक्त गरे । बिद्यालयले पछिल्लो समयमा खेलकुद, नृत्य, गीत, संगीत लगायतका अन्य अतिरिक्त क्रियाकलाप समेत विशेष प्राथमिकता साथ सिकाई रहेको...


















