मंसिर २८ देखी दोस्रो राक्सिराङ रनिङशिल्ड गोल्डकप शुरु हुने
मंसिर १६, हेटौडा – पश्चिम मकवानपुरको राक्सिराङ गाउपालिकामा ‘दोस्रो राक्सिराङ रनिङशिल्ड गोल्डकप’ हुने भएको छ । राक्सिराङ गाउपालिका युवा तथा खेलकुद बिकास समितिको आयोजनामा राक्सिराङ वडा नम्बर ३ सरिखेत पलांसेको खेलकुद मैदानमा हुने गोल्डकपमा आर्थिक तथा भौतिक रुपले तयारी तिब्र रहेको समितिका अध्यक्ष सन्तोष थापाले बताउनु भयो । लिग नकआउट खेलकुदमा आधारित रहेर यही मंसिर २८ गते देखी दोस्रो राक्सिराङ रनिङशिल्ड गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको हो । राक्सिराङ गाउपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङमा रहेका हरेक युबाहरुलाई खेलकुदको माध्यमबाट अनुशासित र उनिहरुको ब्यक्तिगत बिकास गराउने हेतुले यस्तो कार्यक्रम...

















