टी-२० विश्वकप छनौट क्रिकेटमा मलेशिया विरुद्ध नेपाल विजयी
साउन ८, मलेसिया – कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गरेपछि सिङ्गापुरमा सञ्चालन भइरहेको टी-२० विश्वकप क्रिकेट छनौटको एशियाली प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गरेको छ ।
वर्षाले खेल प्रभावित भएपछि नौ ओभरमा छोट्याइएको खेलमा मलेशियाले सात खेलाडी गुमाउँदै बनाएको ८३ रनको चुनौतीलाई नेपालले तीन विकेट गुमाइ आठ ओभरमा पुरा गर्यो ।
प्रतियोगिताको विजेताले सन् २०२० को विश्वकपको लागि छनौट प्रतियोगिता खेल्न पाउँछ । नेपालले विश्वकप छनौटको सम्भावनालाई कायम राख्न प्रतियोगिताको बाँकी सबै खेल जित्नुपर्ने चुनौती छ । नेपालले अब कुवेतसँग शनिवार र सिङ्गापुरसँग आइतवार खेल्नेछ ।
यता, नियमित कप्तान पारस खड्काले ढाडमा देखिएको समस्याका कारण अबको खेल नखेल्ने सम्भावना छ।






