मनहरी अध्यक्ष कपको फाईनलमा वडा नम्बर ४ र ७ प्रबेश
हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा जारी मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनल शनिबार हुने भएको छ । अध्यक्ष कपको उपाधीका लागि फाईनलमा वडा नबर ४ र वडा नम्बर ७ बिच कडा प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको सेमिफाइनल खेलबाट ४ नम्बर वडा विजय भएर फाईनलको यात्रा तय गरिसकेको थियो । त्यस्तै बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा वडा नम्बर ७ ले फाइनलको यात्रा पक्का गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाईनलमा ७ नम्बर वडाले ९ नम्बरलाई एक गोलले पराजित गर्दै फाइनलको लागि आफ्नो...