मनहरी अध्यक्ष कपको फाईनल भिडन्त आज

मकवानपुर, ३२ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा जारी मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनल आज हुँदैछ । फाईनलमा सहभागी हुने २ टिमको समेत बिहीबार नै टुङ्गो लागिसकेको छ । अध्यक्ष कपको उपाधीका लागि फाईनलमा वडा नबर ४ र वडा नम्बर ७ बिच आज फाईनल भिडन्त हुँदैछ । बुधबार भएको सेमिफाइनल खेलबाट ४ नम्बर वडा विजय भएर फाईनलको यात्रा तय गरिसकेको थियो । त्यस्तै बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा वडा नम्बर ७ ले फाइनलको यात्रा पक्का गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाईनलमा ७ नम्बर वडाले...