शेरा प्रतिष्ठानद्वारा तीन खेलाडीलाई सम्मान
काठमाडौँ — राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विजेता बन्न सफल नुवाकोटका तीन खेलाडी सम्मानित भएका छन् । आइतबार शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको स्वास्थ्य सचेतना तथा सम्मान कार्यक्रममा तेक्वान्दो खेलाडी संगीना वैद्य, रेस्लर कमल तामाङ (नुवाकोटे टाईगर) र रसियन अल स्पोर्ट्स हाम्किदो च्याम्पियनसीपमा कास्य पदक विजेता प्रदीप थापालाई सम्मान गरेको हो ।
तीनै जना खेलाडीलाई सभामुख कृष्णबहादुर महराले जनही १० हजार १ सय नगद र सम्मान पत्र प्रदान गरे । कार्यक्रममा बोल्दै सभामु्ख कृष्णबहादुर महराले धर्म र परम्परालाई शिक्षा र चेतनामा रुपान्तरण गर्नु समाजको अग्रगामी रुपान्तरणमा महत्वपूर्ण फड्को भएको बताए ।
प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङकी दिवंगत आमा राम्री तामाङको तेस्रो वार्षिकीको अवसरमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेगाउँ निवासी क्यान्सरका बिरामी ६६ वर्षीय कृष्णबहादुर तामाङलाई १५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।
त्यस अवसरमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.राजेन्द्रप्रसाद बरालले क्यान्सर रोगका कारण, प्रकृति, लक्षण तथा उपचार विधिसहित बच्ने उपायका बारेमा श्रव्य-दृश्य प्रस्तुति दिएका थिए । कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.राजेन्द्रप्रसाद बरालले क्यान्सर रोगका कारण, प्रकृति, लक्षण तथा उपचार विधिसहित बच्ने उपायका बारेमा श्रव्य-दृश्य प्रस्तुति दिएका थिए । कान्तिपुरमा समाचार छ ।






