निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको कम्पाउण्ड भत्कायो

तामसालिङ खबर
१५ जेष्ठ २०७६, बुधबार १६:०४

चितवन – धुर्मुस-सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थानीयले भत्काएका छन् । बुधबार बिहान रंगशालाको बार र संरचना भत्काइएको बताइएको छ । रामपुर कृषि क्याम्पसका लागि अधिग्रहण गरेको जग्गामा क्रिकेट रंगशाला निर्माण गर्न थालेपछि विवाद भएको थियो ।

केही स्थानीयले रंगशालाको बार र निर्माण गरेको भौतिक संरचना भत्काएको प्रहरीले पुष्टि गरेको छ । बार भत्काउने केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले किन भत्काए भन्ने स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*