राप्ती नगरको लोथरदेखि सौराहसम्म स्थायी तटबन्ध निर्माण हुने – संघीय संसद पाण्डे

राजेश रुम्बा लामा
१० जेष्ठ २०७६, शुक्रबार २०:१२

चितवन – पुर्बी चितवनको राप्ती नदीमा नौ अर्बमा स्थायी तटबन्ध निर्माण गरिने भएको छ । शुक्रबार राप्ती नगरपालिकाद्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता उद्घाटन गर्नु हुदै संघीय संसद सुरेन्द्र पाण्डेले राप्ती नगरपालिकाको लोथरदेखि सौराहासम्म आरसीसी उच्चस्तरीय तटबन्ध निर्माणको प्रकृया सुरु भईसकेको बताएका छन ।

युरोपेली युनियनको करिब ८० मिलियन अर्थात् नौ अर्ब सहयोगमा तटबन्ध निर्माण हुन लागेको बताउदै संसद पाण्डेले यस क्षेत्र चाँडै बाढीमुक्त हुने बताए । अब बाढी मुक्त हुने र विकासको बाढी आउने उनले दावी गरे । यस्तै, भण्डारा मलेखु मार्गको निर्माणपछि यसक्षेत्रको विकासले फड्को मार्ने उनले बताए ।

पुर्वअर्थमन्त्री समेत रहेका पाण्डेले आगामी बजेटको योजनाबाट राप्ती नगरपालिकाका विभिन्न वडामा विद्युकिरण हुने बताए । अहिले नगरपालिकाको वडा १, ३, १०, ११, १२ र १३ मा विद्युतिकरणको काम सम्पन्न भएपछि पहाडी क्षेत्रका सर्वसाधारण पनि विद्युतको पहुँचमा पुग्ने उनको भनाई छ ।

पुर्वी चितवनका नगरपालिका राप्ती, खैरहनी र कालिका नगरपालिका हरेक कोणले सम्भावना बोकेको नगर रहेको बताउदै पाण्डेले अबको बजेट एकीकृत बिकासमा केन्द्रित हुने बताए । यस्तै पर्यटन, बाटोघाटो, शिक्षा, स्वास्थ्य, खेल क्षेत्रमा पनि विशेषस प्राथमिकताका साथ काम भईरहेको उल्लेख गरेका थिए ।

त्यस्तै, शुक्रबारबाट सुरु भएको रास्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता प्रति स्थानिय युवा र वडा अध्यक्ष भने असन्तुष्ट रहेको छ । स्थानीय युवाहरुलाई बेवास्ता गरिएको भन्दै उनिहरुले कार्यक्रमको औचीत्यमाथी प्रश्न उठाएका छन । स्थानीय सरकार गठन भएर बर्षौ भइ सक्द पनि नगरले अहिलेसम्म नगर खेलकुद समिति समेत गठन गर्न नसकेको र गठन गर्नका लागी खेलकुद क्षेत्रमा लागेका युवाहरूको मागलाई समेत बेवास्ता गरि नगरपालिकाले तानाशाही प्रबृत्ति देखाएको भन्दै अक्रोस पोखे ।

उनिहरुले अहिलेसम्म राप्ती नगरपालिकाले प्रबक्ता समेत तोक्न नसकेको भन्दै नगरपालिका सुचनामैत्रि नभएको आरोप लगाए । त्यस्तै कार्यक्रमबारे आफुहरुलाई पनि जानकारी नभएको भन्दै वडा अध्यक्षहरुले गुनासो गरे ।

आजकै दिन कार्यक्रम हुने भन्ने आफुहरुलाई समेत बल्ल जानकारी पाएको वडा अध्यक्षहरुले बताए । नगरपालिकाका प्रशासकीय प्रमुख मिठुराम हुमागइले स्वागत मन्तव्य राखेको कार्यक्रम नगर प्रमुख प्रभा वरालको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*