बीसौं अन्तर्राष्ट्रिय करातेमा गोलेलाई कास्य पदक
काठमाडौं – नेपाली कराते खेलाडी रणदीप गोलेले बीसौं अन्तर्राष्ट्रिय मिलो कराते च्याम्पियनसिपमा कास्य जितेका छन् । उनले पुरुष एकल कातामा नेपाललाई कास्य दिलाएको अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ (आईएमए) का अध्यक्ष समेत रहेका टोली नेता प्रकाश श्रेष्ठले जानकारी दिए ।
रणदीपले फिलिपिन्स, भारत र मलेसियाका खेलाडीलाई हराएका थिए । मलेसियाको क्वालालम्पुरमा जुन ६ र ७ तारिखमा भएको प्रतियोगितामा रणदीपसहित ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । अजय मगर, कमल दर्जी र सुजन विश्वकर्मा भने पदक विहीन भएको थियो ।






