अमेरिकन ब्राण्डको विज्ञापनमा सन्दीप

तामसालिङ खबर
१६ बैशाख २०७६, सोमबार ०८:२४

काठमाडौं – पोर्चुगलको चर्चित फुटवलर क्रिष्टियानो रोनाल्डो र भारतीय क्रिकेटर विराट कोहलीले विज्ञापन खेलेको अमेरिकन ब्राण्डमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पनि अवसर पाएका छन् । अमेरिकन ब्राण्डको ब्याग टुरिस्टरको विज्ञापनमा सन्दीपले अवसर पाएका हुन् ।

अमेरिकन टुरिस्टरले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्पादनको प्रचार गर्न बनाएको टेलिजिभन कमर्सियल (टीभीसी) मा रोनाल्डो र कोहलीलाई मात्रै अवसर दिएको थियो । अमेरिकन टुरिस्टरले पूर्वी एसिया र विशेष गरी नेपालमा आफ्नो उत्पादनको प्रचारका लागि सन्दीपलाई लिएको हो ।

अमेरिकन टुरिस्टरको मध्य पूर्वी एसिया हेर्ने कार्यालयनले सन्दीपसँग टीभीसीका लागि अनुबन्ध गरेको हो । सन्दीपसँग तयार पारिएको तस्बिर र छोटो भिडियोसहितको प्रचार सामाग्रीलाई अमेरिकन टुरिस्टर इन नेपालले सार्वजनिक गरेको छ । अमेरिकन टुरिस्टरले सन्दीपसँग गत फेब्रुअरीमै नेपाली टोली संयुक्त अरब ईमिरेट्स (यूएई) सँग एकदिवसीय र टीट्वेन्टी शृंखला नेल्न दुबई जादा फोटो शुट गरेको थियो ।

नेपाली फोटोग्राफर सन्नी प्रधानले सन्दीपको फोटो शुट गरेका थिए । सन्नीले चार दिन अघि मात्रै सन्दीपसँगको फोटो शुटबारे फेसबुक स्टाटस लेखेका छन् । सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न दिल्लीमा छन् ।

पछिल्लो समय एकपछि अर्काे विदेशी लिग खेल्न व्यस्त रहेका सन्दीपका लागि प्रायोजन र अनुबन्धतर्फ यो अर्काे ठूलो सफलता हो । सन्दीपका लागि टाटा, एनसेल, ग्रिनिगल्स, डानियल डेभिल्स, जेभियर कलेज, शुट द्याट फिट्स लगायतले पनि प्रायोजना गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*