बस दुर्घटनामा स्ट्राइकर सुरालको निधन

तामसालिङ खबर
१७ बैशाख २०७६, मंगलवार ११:०४

एजेन्सी – बस दुर्घटनामा परी चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुरालको निधन भएको छ। टर्किस क्लब आएत्मिज एलानयस्पोरका खेलाडी बोकेको बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका २८ वर्षीय सुरालको उपचारको क्रममा निधन भएको हो। चेक गणतन्त्रका लागि उनले २० खेल गर्दै १ गोल गरेका थिए । सुराल यसै जनवरीमा मात्र क्लबसँग आबद्ध भएका थिए ।

त्यस्तै उक्त बसमा लिभरपुलका पूर्व डिफेन्डर स्टेभन क्लकर रहे पनि उनलाई भने कुनै चोटपटक लागेको छैन । बसका चालक निदाएका कारण दुर्घटना भएको क्लबका अध्यक्ष हसान काभुसोग्लु बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*