नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने

तामसालिङ खबर
१२ बैशाख २०७६, बिहीबार ०९:१३

बाँके – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ । बुधबार नेपालगन्जमा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पारिवारिक शोकमा परेर अनुपस्थित भएपछि राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बोर्ड बैठकले सो निर्णय गरेको सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए ।

कर्णाली प्रदेशले पनि नवौं राष्ट्रिय खेलकुदको आयोजना गर्न पाउनुपर्ने माग गरे पनि भौतिक पूर्वाधार र तयारीका आधारमा सो प्रतियोगिता गन्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरिएको विष्टले बताए ।

‘पूर्वाधार बनेको अवस्थामा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्न अधिकार दिने विषयमा छलफल भएको थियो । थप प्रस्ताव नआएपछि यसअघि सहमति बनेको गण्डकी प्रदेशलाई आयोजना गर्न दिने निर्णय गरिएको हो’– सदस्यसचिव विष्टले भने ।

पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदका बेला तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रले आठौं राष्ट्रिय खेलकुद आयोजनाको दाबी गरेको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*