नेपाल एएफसी यू–१९ छनोट खेलमा अष्ट्रेलियासंग सामना गर्दै

तामसालिङ खबर
१३ बैशाख २०७६, शुक्रबार ०८:३८

काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासंग खेल्न लागेको हो । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ ।

समूह ‘ए’ कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपाल कम्तिमा बराबरी खेल्ने लक्ष्यसहित मैदान उत्रने छ । अष्ट्रेलियालाई रोक्दै नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।

फिफा वरियतामा १२० औं स्थान माथिको अष्ट्रेलियालाई रोक्न नेपाललाई कठिन चुनौती भने हुनेछ । फिफा वरियतामा अष्ट्रेलिया ४१ औं स्थानमा रहेको छ । नेपाल भने १६० औं स्थानमा रहेको छ । त्यसैले अष्ट्रेलियाविरुद्ध नेपाल कम गोल खाने प्रयासमा समेत हुनेछ ।

छनोटमा नेपालले अष्ट्रेलियापछि नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसंग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*