मैत्रिपुर्ण फुटबलमा महिला पत्रकारको टोलि विजय

हेटौंडा – मकवानपुर गढि गाउपालिकामा रहेको महिला जागरण सहकारी र मकवानपुरका महिला पत्रकार बिच आईतबार मक्रान्चुलीको मिनिपचिमा भएको खेलमा ३–१ गोल अन्तरमा मकवानपुर महिला पत्रकारको टिम विजय भएको हो ।
महिला पत्रकारको टिमबाट मानवी बानियाँले ११ औ मिनेटमा विजयीको सुरुवात गरेकी थिईन् । त्यस्तै महिला पत्रकारकै तर्फबाट सृजना नेपालले १८ औं मिनेटमा र सम्झना घिमिरले २८ औँ मिनेटमा गोल गरेसंगै पत्रकार महिला टिम वियज भएको थियो ।
यत सहकारीको तर्फ बाट निरुता हुमागाइले ३८ औँ मिनेटमा एक गोल फर्काएकी थिइन् । ६० औँ मिनेटको खेलमा दुई टिमबाट ७-७ जना खेलाडीको रहेका थिए । पत्रकार महासंघ मकवानपुरकी कार्यसमिति सदस्य सरला अधिकारी गोलकिपरको भुमीका उत्कृष्ट ढंगले निर्वाह गरेकी थिईन् । बिजय हुने टिमले आगामी चैत्र २८ गते सहकारीको स्थापना दिवशको अवसरमा प्रमाणपत्र सहित ट्रफी समेत पाउँनेछन् ।
खेलमा पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य शुभलक्ष्मि विक, क्रियाशिल पत्रकार महिलाकी अध्यक्ष रेश्मि कार्की, प्रतिक्षा न्यौपाने, शान्ति सुनुवार, अलिशा न्यौपाने, प्रिया पौडेल, सम्झना रिजाल, नानिमैयाँ विष्ट लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सहकारीकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।