आज मातृभूमि कपः राष्ट्रिय टिमको पारस खड्का बिरुद्ध ज्ञानेन्द्र मल्ल भिँड्ने

कलाकारमा मदनकृष्ण विरुद्ध हरिवंशकाे टिम खेल्ने
तामसालिङ खबर
२३ चैत्र २०७५, शनिबार ०८:५४

‘धुर्मुस-सुन्तली फाउण्डेशन’ले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ आज ‘मातृभूमि कप’को हुदै छ ।

मातृभूमि कपका लागि राष्ट्रिय कलाकारहरुको टिम समेत बनेको छ । आज हुने मातृभूमि कपका लागि कलाकार समूहको तर्फबाट कलाकारहरु खेल खेल्न पूर्ण तयारीमा रहेको छ । कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए ।

‘खेलाडीहरुको खेलका लागी पुरा तयारी सकिएको छ’ फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले भने ‘आजको प्रतियोगिता रोमाञ्चक मात्र नभई एउटा पर्फेक्ट मनोरञ्जनको प्याकेज पनि हुनेछ ।’ प्रतियोगितामा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आमने सामने हुनेछन् ।

आज १० बजे देखि शुरु हुने खेलमा पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बीच रोमान्चक २० ओभरको खेल हुनेछ भने कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ बीच १० ओभरको खेल हुनेछ ।

रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगीता गर्न लागिए पनि यसबाट संकलित रकमको १५ प्रतिशत आँधी प्रभावितहरुका लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*