रत्ननगरमा भोलि देखि अन्तराष्ट्रिय भलिवल प्रतियोगिता

चितवन– चितवनको रत्ननगरमा हुने अन्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको रहेको प्रतियोगिता आइतबार देखि २८ गते सम्म बैरिया माविको खेल मैदानमा हुने भएको छ ।
प्रतियोगिताको लागि आवश्यक पर्ने मैदान व्यवस्थापन प्रचारप्रसार देखि अन्य व्यवस्थापनको काम पुरा भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए ।
पञ्चरत्न युवा क्लवको आयोजनामा हुने प्रतियोगितामा भारतका २ टिम सहित वंगलादेश, नेपाल प्रहरी, नेपाली आर्मी, शशस्त्र प्रहरी वल, तिन नम्बर प्रदेश, पाँच नम्बर प्रदेश र आयोजक टिम गरी ८ टिमले सहभागीता रहेको संयोजक घिमिरेले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र उपविजेताले ट्रफीसहित १ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन । त्यस्तै प्रतियोगितामा विभिन्न ६ विधामा समेत उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत गरिनेछ ।
उत्कृष्ठ स्पाईकर, उत्कृष्ट सेटर, उत्कृष्ठ डिफेन्स, उत्कृष्ठ सर्भर, उत्कृष्ठ कोच र प्रतियोगिताभरका उत्कृष्ठ खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । उत्कृष्ठ खेलाडीलाई नगद ७ हजार र अन्य विधाका उत्कृष्ठ खेलाडीलाई ५/५ हजारका दरले पुरस्कार प्रदान गरिने बताएको छ ।प्रतियोगिताको मुख्य प्रायोजकममा रेष्टुरेष्ट एण्ड वार एशोसियसन (रेवान) सौराहा रहेको छ ।