सन्दीप आईपीएलको ‘इमर्जिङ प्लेयर अवार्ड’का लागि मनोनित

तामसालिङ खबर
३ बैशाख २०७६, मंगलवार ०७:१९

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने ‘इमरर्जिङ प्लेयर अवार्ड’को मनोनयनमा परेका छन् ।

आईपीएलमा दोस्रो सिजनमा पनि दिल्ली क्यापिटल्सबाट खेलिरहेका सन्दीप इमर्जिङ प्लेयरको अर्वाका लागि मनोनयनमा पर्न सफल भएका हुन् । इमरर्जिङ प्लेयर अवार्डका लागि सन्दीपसँगै रोयल च्यालेन्जर्स बैंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्सका राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् ।

यस अघिको सिजनमा दिल्ली क्यापीटल्स (दिल्ली डेयरडेभिल्स) बाट खेलेका सन्दीपले अन्तिम तीन खेल खेल्दै ५ विकेट लिएपछि यो सिजनका लागि दिल्लीले रिटेन गरेको थियो । यो सिजनमा उनले दिल्लीबाट ४ खेल खेल्दै ५ विकेट लिइसकेका छन् ।

मनोनित पाचै जना खेलाडीका लागि भोटिङ शुरु भइसकेको छ । अघिल्लो वर्ष दिल्ली क्यापिटल्सका विकेट किपर ब्याट्सम्यान रिसभ पन्तले पाएका थिए । खेलाडीलाई भोटिङ र टेलिभिजन कमेन्टेटरको मूल्याङ्कनका आधारमा छनोट गर्ने भारतीय क्रिकेट बोर्डले जनाएको छ ।

यसरि भोट गर्नुस :
https://www.iplt20.com/polls/emerging-player

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*