हिमालयन शेर्पालाई १-० ले पराजित गर्दै एपीएफ दोस्रो चरणमा प्रवेश

राजु तामाङ
२७ चैत्र २०७५, बुधबार ११:५४

सर्लाही – सर्लाहीको बागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा एपीएफ क्लब विजयी भएको छ । हिमालयन शेर्पालाई १-० गोल अन्तरले पाखा लगाउँदै एपिएफले खेल जितेको हो ।

दुबै टिमले निकै आक्रमक रुपमा खेल्दै राम्रा अबसर निकाले पनि तर गोल भने दुबै टिमबाट हुन सकेनन । मध्यन्तर सम्म खेल बराबरीमै टुङ्गिएको थियो । हाफ पछि दुबै टिमले झनै आक्रमक रुपमा खेलेका थिए ।

हाफको ३२ औं मिनेटमा एपीएफका जर्सी नं. ८ का खेलाडी सन्तोष श्रेष्ठले गोल गर्दै आफ्नो टिमलाई १-० गोलले अग्रता दिलाए । हिमालयन शेर्पाबाट गोल गर्ने राम्रो प्रयास भए पनि गोल गर्न नसकेपछि सोही गोल नै निर्णयक गोल भए ।

खेलको म्यान अफ दि म्याच एपीएफबाट जर्सी नम्बर ३२ का राजेश गुरुङ घोषित भए सँगै उनलेे नगद १० हजार प्राप्त गरे । अब एपीएफले २८ गते सुदूरपश्चिम – ११ सँग खेल्नेछ । आजको खेलमा आयोजक बागमती युवा क्लब र रुस्लान थ्री स्टारबीच हुनेछ ।

बैशाख ६ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र रनिङ शिल्ड प्राप्त गर्नेछन भने उपविजेताले नगद ५ लाख शिल्ड मेडेल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिता भरिकै खेलमा उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक जना खेलाडीलाई बागमती राईजिङ अफ दि इयर घोषना सँगै एउटा मोटरसाइकल प्रदान गर्ने आयोजकले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*