मनहरीमा आजबाट उपाध्यक्ष कप भलिबल प्रतियोगिता

तामसालिङ खबर
२३ माघ २०८०, मंगलवार ०७:१७

माघ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा गाउँपालिका स्तरीय प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आजबाट शुरु हुँदै छ । प्रतियोगिताको उदघाटन खेलमा वडा नम्बर ३ र ६ बीच हुने भएको छ ।

मनहरी गाउँपालिकाको मुख्य सहयोग तथा मनहरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आज बिहान ११ बजे ४ नम्बर वडाको गोलघरमा उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता शुरु हुने भएको हो । लिग नकआउटको आधारमा खेलाइने खेलमा मनहरी गाउँपालिका ९ वटै वडाका टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वित्तीय हुने टिमले ३० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी बिधागत रुपमा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*