अन्तर प्रदेश खेलकुद हुने

तामसालिङ खबर
२२ भाद्र २०८०, शुक्रबार ०७:५६

भदौ, हेटौँडा – सातै वटा प्रदेश खेलकुद विकास परिषदले प्रत्येक वर्ष अन्तरप्रदेश राष्ट्रिय खेलकुद गर्ने भएको छ। बिहिबार हेटौडामा भएको सातवटै परिषद्का सदस्य-सचिवहरुको बैठकले निर्णय गरेको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा बसेको बैठकले प्रत्येक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको सदस्य-सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो।

प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद बागमती प्रदेशले आगामी फागुनमा आयोजना गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*