राष्ट्रिय भेट्रान्स कप फुटबल असोज १६ गते देखि हुने
भदौ, हेटौंडा – नागस्वती भेट्रान्स क्लबको आयोजनामा यहि असोज १६ गते दोस्रो राष्ट्रिय रनिङ शिल्ड आठ ए साइड राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ।
नागस्वती भेट्रान्स क्लबले शनिबार पत्रकार सम्मेलनमा आयोजना गर्दै दुई लाख राशीको प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका खेलाडीहरुको सहभागिता रहने क्लबका अध्यक्ष सोम बहादुर तितुङ्ले बताएका छन् ।
प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उप विजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार पाउने र देशभरका १८-२० वटा क्लबहरुको सहभागिता रहने बताईएको छ।
उनले प्रतियोगितामा १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको बताए ।






