भारतसँग नेपाल पराजित भएसंगै एसिया कपबाट बाहिरियो

भदौ, काठमाडौं – नेपाल भारत सँग १० विकेटको पराजय भएसंगै एसिया कपबाट बाहिरिएको छ।
सोमबार वर्षाले अवरुद्ध भएपछि डिएलएस बिधिबाट खेल २३ ओभरमा घटाइएको थियो । उक्त खेलमा भारतले १४५ रनको लक्ष्य विना विकेटको क्षति २०.१ ओभरमा भेट्टाएको थियो ।
यस अघि नेपाल एसियन कपको पहिलो खेल पाकिस्तान सँग पराजित भएको थियो। खेलमा भारतको जितको लागि रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।