हरेक खेलमा चार्ज गर्नुपर्ने फिफा विश्वकपको प्रविधियुक्त फुटबल

मंसिर, काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबल विभिन्न कुराले चर्चामा आइरहेको छ । यसपटक खेलभन्दा पनि त्यहाँ प्रयोग भएको नयाँ प्रविधि बढी चासोको विषय बनेको छ । सेमि-अटोमेटेड अफसाइड प्रविधि, बलमा प्रयोग भएको सेन्सर, अपग्रेडेड भीएआर प्रविधिले खेललाई सटिक बनाएको छ । यी सबै प्रविधि मध्ये अहिले चर्चामा आएको अर्को प्रविधि हो, बलमा भएको सेन्सर । यसमा प्रयोग भएको नयाँ सेन्सरले खेललाई सटिक, स्तरीय र विश्वसनीय बनाएको छ । विश्वकप फुटबलका हरेक खेलअघि उक्त बल चार्ज गरिन्छ । प्रयोग गरेपछि जसरी हाम्रो फोनको चार्ज सकिन्छ, त्यस्तै विश्वकपमा प्रयोग...