विश्व कप फुटबलको लागि बलियो दाबेदार रहेको अर्जेन्टिनाको टिम घोषणा

तामसालिङ खबर
२६ कार्तिक २०७९, शनिबार १८:४९

कार्तिक, एजेन्सी – कतारमा हुने विश्वकप फूटबलका लागि अर्जेन्टिनाले टिम घोषणा गरेको छ । लियोनल मेस्सीको कप्तानीमा टाेली घोषणा गरेको गरिएको हो । टोलीमा कोपा अमेरिका जित्दाका खेलाडी छन्।

चोटका कारण मैदान फर्किने नफर्किने अन्योलमा रहेको भनिएका खेलाडीहरुलाई पनि टिममा राखिएको छ । विश्वकपमा अर्जेन्टिनाको पोष्ट इमिलियाओ मार्टिनेजले सम्हाल्ने छन ।

फरवार्डमा मेस्सीलाई एन्जल डिमारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, पाउलो डिबालाले साथ दिने छन् । रक्षकको जिम्मा अनुभवि खेलाडी निकोलास ओटामेन्डी  छन् । उनलाई रोमेरो, मार्टिनेज, अकुना जस्ता युवा डिफेन्डरको साथ रहनेछ ।

डे पउल, परेडेस, रोड्रिग्वेज, गोमेज सहित मिडफिल्डरमा छानिएका छन्। अर्जेन्टिनालाई यसपटक बलियो दाबेदारका रुपमा हेरिएको छ।

लियोनेल मेस्सीको अन्तिम विश्वकप हुन सक्ने भएकाले पनि अर्जेन्टिना यसपटक मेस्सीको कप्तानीमा विश्वकप उचाल्न अन्तिम प्रयास गर्नेछ। अर्जेन्टिना विश्वकपको समूह सी मा छ । यस समूहमा साउदी अरब, मेक्सिको र पोल्यान्ड पनि छन् । अर्जेन्टिनाले पहिलो खेल २२ नोभेम्बरमा साउदी अरबसँग खेल्नेछ ।

अर्जेन्टिनाको टिम :
गोलरक्षक : इमिलियानो मार्टिनेज, जिरोनिमो रुली र फ्रान्को अर्मानी
डिफेन्डर : नहुइल मोलिना, गोन्जालो मोन्टियल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलास ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कोस अकुना, निकोलास टाग्लिफिको र जुअन फोथ
मिडफिल्डर : रोड्रिगो डे पउल, लेयान्द्रो परेडेस, एलेक्सिस माक अलिस्टर, गुइडो रोड्रिग्वेज, एलेजान्द्रो गोमेज, एन्जो फर्नान्डेज र एक्सक्वेल पालासिओस
फरवार्ड: लियोनेल मेस्सी, एन्जल डिमारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलास गोन्जालेज, जोक्वीन कोरेया, पाउलो डिबाला ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*