थाहा गोल्डकपमा उद्घाटन खेलमा माउन्टेन एफसीको बिजयी सुरुवात

तामसालिङ खबर
२७ पुष २०७९, बुधबार ०७:१३

पुष, हेटौडा (थाहा नगर) – थाहा दिवसको अवसरमा आयोजना भएको थाहा नगरको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता थाहा गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा माउन्टेन फुटबल क्लवले बिजयी सुरुवात गरेको छ ।

माउन्टेनले महांकाल फुटवल क्लवलाइ ५-१ को गोल अन्तरले हराउदै बिजयी सुरुवात गरेको हो । थाहा नगरको इन्द्रायणी चौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको थाहा नगरका प्रमुख बिष्णु बिष्टले उद्घाटन गरेका थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख बिष्टले थाहा नगरको खेलकुद बिकासमा नगरपालिका प्रतिबद्ध रहेको बताउदै स्थानीय स्तरमा हुने यस्ता प्रतियोगिता बाट राम्रा खेलाडी उत्पादन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अजित घिमिरे ,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, ४ का नारायण लामा लगायतका उपस्थिति रहेको थियो। १८ टिम सहभागी रहेको प्रतियोगितामा बिजेता हुनेले २ लाख नगद र उपबिजेताले १ लाख सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*