पाँचौ संस्करणको बागमती गोल्डकपको फाइनलमा संकटा युथ र भुटनीज क्लब भिड्ने
माघ, हेटौडा (बागमती) – पूर्वी मकवानपुरको जनता मावि खेलमैदानमा जारी पाँचाैं संस्करणकाे बागमती गाेल्डकपकाे फाइनलमा संकटा र विदेशी टाेली भुटनिज युथ क्लब भिड्ने भएका छन् ।
आइतबार भएको दाेस्राे सेमिफाइनल खेलमा मकवानपुर-११ लाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले भुटनीज संगकाे भिड्न्त पक्का गरेकाे हाे । आइतबार भएको दाेस्राे सेमिफाइनलमा संकटाको लागि खेलको पहिलो हाफको १६ औ र दोस्रो हाफको १७ औं मिनेटमा एण्डिभ थेरी वियेकले १/१ गोल गरेर जीत सुनिश्चित गरेकाे हाे ।
खेलको म्यान अफ दि म्याच संकटा कै एण्डिभ थेरी घाेषित भए । उनले नगद पाँच हजार प्राप्त गरेका छन् । संकटाले भुटनीज युथ स्पोर्टस् क्लबसंग माघ ३ गते फाइनल खेल खेल्नेछ ।
यसअघि शनिबारको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथलाई १–० गोलअन्तरले हराउदै भुटनिज युथले फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख रुपैयाँ र उपविजेता टिमले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय, स्थानीय तथा अन्तर्राष्ट्रिय गरी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।






