नेपाल साफ च्याम्पियनसिपको समुह चरणबाटै बाहिरियो

तामसालिङ खबर
१० असार २०८०, आईतवार ०६:०९

असार, काठमाडौ – नेपाल १४ औँ साफ च्याम्पियनसिप फुटबलको समुह चरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा आयोजक भारतसँग २-० ले पराजित भएसँगै साबिक उपविजेता नेपाल यसपटक समुह चरणबाटै बाहिरिएको हो ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएकाे खेलमा भारतलाई जिताउन ६२ औँ मिनेटमा सुनिल क्षेत्री र ७० औँ मिनेटमा महेश सिंह नोरिमले गोल गर्नुभयो ।

खेलपछि नेपालका कप्तान किरण चेम्जोङ्ले नेपालले खेल नजिते पनि नेपाली खेलाडीको प्रदर्शनप्रति सन्तुष्ट रहेको बताउनुभयो । धेरै युवा खेलाडी रहेकाे नेपाली टिमको प्रदर्शन सन्तोषजनक रहेको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*