हङकङलाई ७९ रनले पराजित गर्दै नेपाल फाइनलमा

तामसालिङ खबर
४ कार्तिक २०८०, शनिबार १४:५९

कार्तिक, काठमाडौं – नेपाल त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । शनिबार सिरिजको तेस्रो खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले हङकङलाई ७९ रनले पराजित गर्यो । नेपालले ३ खेलबाट ६ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गर्यो । लिग चरणको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्नेछ ।

नेपालले प्रस्तुत गरेको २ सय १४ रनका लक्ष्य पछ्याएको हङकङले ८ विकेट गुमाएर १ सय ३४ रनमात्र बनाउन सक्यो । ब्याटिङ जस्तै बलिङमा समेत नेपालले उत्कृष्ट प्रर्दशन गरेपछि हङकङका ब्याट्सम्यान चल्नै सकेनन् ।

नेपालका करन केसी, सोमपाल कामी, ललित राजवंशीले समान २ तथा प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट हात पारे ।हङकङका अंसी रथले सर्वाधिक ४५ रन बनाए । बाबर हायातले २० तथा अजिज खानले २५ रन बनाए । अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । उनले ४१ बलमा ३ चौका र ९ छक्काको मदतले ९२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

ओपनर कुशल भुर्तेललाई २ र आसिफ शेखलाई २० रनमा गुमाएको नेपालका लागि सोमपाल कामीले ८ र रोहित पौडेलले ११ रन बनाएका थिए । सन्दीप जोरा र गुल्सन झा समान १ रनमा नटआउट रहे । हङकङका हारुन अर्शद र मोहम्मद गजनफरले समान दुई विकेट लिए । आयुश शुक्ला र अजाज खानले समान एक विकेट झारेका थिए ।

नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार यूएईसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*