नेपाल ‘टी-२० आई’ वरियतामा सुधार

कार्तिक, काठमाडौ – नेपाल आईसीसी टि-२० विश्वकप २०२४ मा स्थान सुरक्षित गरेसँगै नेपालले ‘टी-२० आई’ वरियतामा समेत सुधार गरेको छ।
आईसीसीले जारी गरेको नयाँ ‘टी-२० आई’ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औँ स्थानमा उक्लिएको छ । एसिया क्षेत्र फाइनल छनोट अघि नेपाल १६ औँ स्थानमा रहेको नेपालले नेदरल्यान्ड्सलाई पछि परेको हो ।
नेपालले विश्वकप छनोटको समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग ५ रनले पराजित नेपालले सेमिफाइनलमा सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।
नयाँ वरियताको शीर्ष स्थानमा भारत रहँदा दोस्रो स्थानमा इंग्ल्यान्ड छ । यस्तै न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो र पाकिस्तान पाँचौं स्थानमा छ ।