टी-२० विश्वकप छनोट : उपाधिको लागि आज नेपाल र ओमान भिड्दै

तामसालिङ खबर
१९ कार्तिक २०८०, आईतवार ०७:५५

कार्तिक, काठमाडौँ – आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्ने भएको छ । टियु खेल मैदानमा बिहान ११ बजे हुने खेलमा दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् ।

नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

यस प्रतियोगितामा नेपाल र ओमान समूह चरणको खेलमा आमनेसामने भइसकेका छन् । समूह ए अन्तरगत भएको रोमाञ्चक खेलमा ओमानले नेपाललाई ५ रनले हराएको थियो । आजको खेलमा नेपालसँग उक्त हारको बदला लिने अवसर रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*