सातौं संस्करण बागमती गोल्डकप फागुनको ३ गतेदेखि हुने

सोमबार पत्रकार सम्मेलन गर्दै बागमती गाउँपालिका खेलकुद विकास समितिले फागुन १ गतेदेखि गर्ने भनिएको प्रतियोगिता फागुन ३ गतेदेखि १२ गतेसम्म गर्न लागिएको जानकारी दिएको हो ।
फागुन ३ गते पहिलो दिन आयोजक टिम र बागमती सर्लाही बिच हुने भएको छ । ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहेको प्रतियोगिता बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुने समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिनुभयो ।
कार्यक्रम उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री एवंम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा उद्घाटन हुने समेत बताए ।
यसअघिका संस्करण जनता मावि फापरबारीमा हुँदै आएको थियो । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैंयासहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।