चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ उपप्रमुख

तामसालिङ खबर
२६ फाल्गुन २०८०, शनिबार १७:२५

फाल्गुन, भक्तपुर – चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ ।

भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताउनुभएको हो ।

खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि अघिल्लो स्थानीय सरकारले टेन्डर गरे पनि उक्त समूहले समयमा काम गर्न नसक्दा विभिन्न आरोप प्रत्यारोप खेप्नु परेको बताउँदै अव उक्त आरोप प्रत्यारोप भन्दा पनि खेल मैदान बनाउन आफूहरू लागि पर्ने उहाँले बताउनुभएको हो ।

यस्तै फरक प्रसङ्गमा उहाँले चाँगुनारायण अस्पताललाई वडा नम्वर ४ बाट सार्ने चलखेलको विरुद्धमा आफू अग्रसर भएर लाग्ने समेत बताउनुभएको थियो । उहाँले यदि अस्पताल सर्‍यो भने म आफै राजीनामा दिने छु अस्पताल सर्दैन भन्ने निश्चिन्त हुन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट भक्तपुर जिल्लामा बेसबल तथा सफ्ट बल खेलको विकास र विस्तारका लागि सुरुवाती दिनदेखि योगदान दिँदै आउनुभएका स‌ंवाहक डटकमका सम्पादक एवं सञ्चारकर्मी सन्जिब दुलाललाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*