‘नेपाल फेस्टिभल २०२६’ को तयारीमा एनआरएनए न्युजिल्यान्ड
चैत्र, काठमाडौ – गैर आवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्डले ‘नेपाल फेस्टिभल २०२६’ गर्ने भएको छ । आगामी अप्रिल १८ मा क्राइस्टचर्चमा हुने उक्त बृहत् उत्सव न्युजिल्यान्डमा नेपाली संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको एनआरएनए न्युजिल्यान्डका अध्यक्ष डा. अच्युत अर्यालले जानकारी दिए। एनआरएनए न्युजिल्यान्डको अगुवाइमा विभिन्न स्थानीय संघ-संस्थाहरू र क्लबहरूको सहकार्यमा महोत्सव भव्यताका साथ सम्पन्न गरिने एनआरएनए न्युजिल्यान्डले जनाएको छ। बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म चल्ने यस कार्यक्रमले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ। नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक परिकारहरूले भरिएको महोत्सव न्युजिल्यान्डमा बसोबास...


















