राक्सिराङ्गका युवा नेता बनस्तम थिङलाई प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

तामसालिङ खबर
१३ पुष २०८२, आईतवार ०९:५९

पुष, हेटौडा (राक्सिराङ्ग) – नेपाली कम्युनिष्ट पार्टी जिल्ला कमिटी मकवानपुरले एकता कार्यदलको सिफारिसबाट बिकट क्षेत्र राक्सिराङमा जन्मिएका युवा नेता बनस्तम थिङलाई आसन्न प्रतिनिधि सभा सदस्य मकवानपुर क्षेत्र २ बाट उम्मेदवार सिफारिस गरिएको छ ।

मकवानपुर क्षेत्र नम्बर २ बाट गाउँपालिका उपाध्यक्ष समेत रहनुभएको थिङ्ग सहित विरोध खतिवडा, कुमारी मोक्तान, रामनारायण विडारी, वीरबहादुर घलान ज्वाला, लवशेर विष्ट, सागर उप्रेती र किशोर बर्तौलालाई सिफारिस गरेको हो।

कम्युनिस्ट बिचार, दृष्टिकोणका साथ आन्दोलनको अग्रमोर्चामा सधैं देखिरहने परिचित उनलाई आसन्न निर्वाचनको लागि युवा उम्मेदवारको रुपमा सिफारिस गरिएको छ। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका नेता थिङ हाल नेपाली नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश सदस्यको जिम्मेवारीमा छन् ।

उन्मुक्त पुस्ताको अभियान चलाउदै जातीय विभेदविरुद्ध निरन्तर आवाज उठाउँदै आएका उनले देशका विभिन्न स्थानमा भएका विभेदविरुद्धका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका छन् । सामाजिक न्याय,समानता र जनअधिकारका विषयमा उनी सदैव स्पष्ट र अडिग रहने व्यक्तिका रूपमा परिचित छन ।

पश्चिम मकवानपुर जनताले बिपतमा आफ्नो र अरुको नहेरी बिपन्न परिवारका छोराछोरी भर्ना गर्न स्कुल कलेजको प्रशासन कक्ष,कहिले प्रहरी कार्यलयमा भरिया भेट्न हिरासतको ढोका र कहिले बिपन्न नागरिकहरुको औषधि उपचारको लागि प्राय हस्पिटलको काउण्टर सम्म उभिन पुग्ने कारणले पनि उनको सबै संग सुदृढ सम्बन्ध देखिदै आएको बताएको छ ।

पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै आएका उनी पार्टीका हरेक मोर्चा र आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका पार्टिको एक विश्वासिलो युवा नेता भित्र पर्छन । यस कारण नेपाली कम्युनिष्ट पार्टीका एक जिम्मेवार र पश्चिम मकवानपुरमा सबैको असल अगुवाको रूपमा थिङलाई चिनिन्छन् ।

उनको सरल ब्यबहार, नम्र स्वभाव,निष्कपट बोली,अध्ययन संस्कृतिको बिकास र प्रगतिशील चेतनाले समाज रुपान्तरणको अभियानमा समर्पण उनी पश्चिम मकवानपुरको प्रभाबशाली युवा नेता भएको बताएको छ ।

वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा राक्सिराङ्ग गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित थिङ सबै राजनीति दलहरुबाट निर्वाचित जनप्रतिनिधि हरुलाई एकमनका साथ एकताको सुत्रमा ल्याएर आफ्नो कार्यकाल भरमा समुदायलाई आधारभुत बिकासको पहुँचमा पुर्‍याउने उदेश्य उनले राख्नु भएको छ ।

युवा नेता थिङ नेपालको पछिल्लो जेन्जी आन्दोलनको कारणले आसन्न निर्वाचनको लागि सिफारिसको थप आधार भएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*