संघीय समाजवादी फोरममा २९ जना प्रवेश
हेटौडा । संघीय समाजवादी फोरम जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा पार्टी प्रवेश तथा स्वागत कार्यक्रम भएको छ । सोमबार संघीय समाजवादी फोरम जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्ष शुभरत्न गोलेको सभाध्यक्षता भएको कार्यक्रममा संघीय समाजवादी फोरम ३ नं. प्रदेशको अध्यक्ष लालबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका तामाङले भने राजनितिमा प्रायः सचेत नागरिकहरु मात्र लाग्ने गरेको देखिन्छ र कति नागरिकहरु पीडित भएर पनि पीडा सहेर जीवन चलाउने गरेको देखिन्छ । उनले भने,‘मान्छे दुई किसिमले राजनितिमा लाग्ने गरेको देखिन्छ । एक पार्टीको बिचार मन परेर लाग्ने गर्छन...












