आँधीबाट १ हजार ४० घर प्रभावित, सबैकाे घर बनाइदिने प्रदेश सरकारको घोषणा
जनकपुर– आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी आँधीबाट १ हजार ४० घर पूर्णरुपले क्षतिग्रस्त भएको प्रदेश नम्बर २ सरकारले जनाएको छ । यस्तै बारामा २७ र पर्सामा एक गरी २८ जनाको मृत्यु हुनुका साथै करिव एक हजार घाइते भएका छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सबै प्रभावितहरुलाई चारकोठे घर बनाइदिने बताएका छन् । उनले चार महिनाभित्रै सबै घर बनाइसक्ने पनि दाबी गरेका छन् । उनले त्रिपालमुनी रहेका पीडितहरुलाई समस्या भइरहेको भन्दै केही दिनभित्रै टेन्टभित्र सारिने पनि बताए...