लमजुङमा बाह्रौ राष्ट्रिय बौद्ध सम्मेलन, ७७ जिल्लाका बौद्धधर्मवालम्बीहरु लमजुङमा
लमजुङ – लमजुङको बेसीशहरमा १२ औ राष्ट्रिय बौद्ध सम्मेलन शनिबार देखि सुरु भएको छ । दुईदिसम्म सञ्चालन हुने सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक र संस्कृतिले युक्त इन्द्रेणीमय देश भएको बताए । मुख्यमन्त्री गुरुङले भने ‘यी सबैको पहिचानबाट नै नेपालको राष्ट्रियताको जग बलियो हुन्छ । जुन मुलुकमा धार्मिक सहिष्णुता छ त्योे मुलुक धनी छ भन्ने बुझ्नुपर्छ । विगतमा धर्मनिरपेक्ष राष्ट्र रहँदा पनि नेपालमा धार्मिक सहिष्णुताले पूर्ण थियो, यतिबेला धर्म निरपेक्षराष्ट्र भएपछि झनै बल मिलेको छ ।...


















