लियो क्लब हेटौंडा सुर्योदय क्लासिकको अध्यक्षमा गणेश दुलाल चयन
हेटौडा– सञ्चारकर्मी गणेश दुलाल लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको संस्थापक अध्यक्षमा चयन भएका छन् । लायन्स क्लब अफ हेटौंडा सुर्योदय, लायन्स क्लब अफ हेटौंडा सुर्योदय राईजिङ्, लियो क्लब अफ हेटौंडा सुर्योदय र लियो क्लब अफ सुर्योदय राईजिङको वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा भएको कार्यक्रमले लायन्स क्लब अफ सुर्योदयले आफ्नो दोस्रो (लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिक) को स्थापना गरेको हो । क्लासिकको प्रथम उपाध्यक्षमा अस्मिता चौंलागाई, सचिवमा सुजन ढुङ्गाना र कोषाध्यक्षमा मन्जित गौतम चयन भएका छन् । त्यस्तै लायन्स क्लब अफ सुर्योदय वर्ष २०१९ – २० को...


















