लाखौं लालीगुराँस कुहिएर खेरा जादै
हेटौंडा (इन्द्रसरोबर) – राताम्य फुलेका लालीगुराँसले पर्यटकको मन लोभिन्छ । बाइरोडको नामले परिचित त्रिभुवन राजपथ र हेटौंडा–काठमाण्डौ छोटो दुरीको मार्ग वरपरका जंगलमा फुलेका लालीगुराँसले यो दुबै सडकको यात्रा गर्ने जो कोहीलाई पनि लोभ्याउनु स्वभाविक हो । टिष्टुङका डाँडापाखादेखि नामटार झिरघारीका डाँडाहरु बेहुलीझंै राताम्य देखिन्छन् । त्यसैले, लालीगुराँसका पारखीहरु गाडी रोक्दै तस्बीर कैद गर्नमा व्यस्त देखिन्छन् भने केहीले रुख चढेर लालीगुराँसका थुंगा कोसेली लाने गर्छन् । हेटौंडादेखि काठमाडौं जाने तथा काठमाडौंबाट हेटौंडा जाने यात्रुले आफ्नो गन्तव्य छोटो दुरीको मार्ग र त्रिभुवन राजपथलाई बनाउने गर्छन् । कारण, डाँडैभरि फुलेका लालीगुराँस ।...



















