डिस्पोज गर्न खाेज्दा बासी भात भेटिएपछि…

मोरङ । नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन बिहिबार मोरङको सुन्दरहरैचा नगरपालिकामा नक्कली कुकर बम राखिएको फेला परेको छ । सुन्दरहरैचा नगरपालिकामा कुकर बम फेला पर्यो भनेर हल्ला चल्यो, स्थानीयबासीहरु त्रसित भए । पुर्व-पश्चिम राजमार्ग समेत केही समय अवरुद्द    भयाे । बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटिएको   छ । कुकुरभित्र बसी भातसँगै केहि बारुद पनि भेटिएकाे प्रहरीले जनाएको छ । कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो ।...