जातीपोखरीमा एसियाकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने
 
 हेटौडा (इन्द्रसरोबर) – मकवानपुरको इन्द्रसरोबर गाउपालिका र काठमाडौको दक्षिणकाली नगरपालिकाको संगम स्थलमा पर्ने जातिपोखरीमा एसिया कै अग्लो गौतम बुद्धको मुर्ति स्थापना गर्ने भएको छ ।
नब बर्षको अवसरमा जातिपोखरीमा डिजे कन्सर्ट बृहत सास्कृतिक कार्यक्रमको आयोजना गर्दै धार्मिक पर्यटकीय संगै बुद्धको मुर्ति स्थापना गर्ने उद्येश्यले स्थापना गरिएको सास्कृतिक कार्यक्रम गरिएको सुर्योदय युवा क्लबका अध्यक्ष दिपक लामाले बताए ।
धार्मिक पर्यटकीय ऐतिहासिक स्थलको रुपमा परिचित जातिपोखरीलाई विश्व सामु चिनाउने उद्देश्यका साथ सोही डाँडामा एसियाकै अग्लो गौतम बुद्धको प्रतिमा स्थापना गर्ने महत्वाकांक्षी योजनालाई अघि बढाउन क्लबको आयोजनामा बृहत् साँस्कृतिक कार्यक्रम समेत गरेको छ । स्थानीय इन्द्रसरोबर गाउपालिका र दक्षिणकाली नगरपालिकाले सो कार्यको लागि भरपुर साथ सहयोग रहेको क्लबका अध्यक्ष दिपक लामाले बताए ।
नयाँ वर्ष २०७६ साललाई स्वागत गर्ने उद्देश्यले ख्यती प्राप्त कलाकारहरुको साथमा बृहत् साँस्कृतिक कार्यक्रममा गायक अशोक तामाङ, सरोज लामिछाने, रन्जित लामा, रबिन्द्र लामा, गायिका चिजा तामाङ लगायतको सांगीतिक बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए ।
क्लबका अध्यक्ष दिपक लामाको सभापतित्वमा भएको कार्यक्रममा दक्षिणकाली नगरपालिका मेयर मोहन बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाको बिशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा इन्द्रसरोबरकै वडा नम्बर ३ का वडा अध्यक्ष, दक्षिणकाली नगरको वडा नम्बर ८ का वडा अध्यक्ष लगायत स्थानिय समाजसेवीहरु समेत सहभागी रहेको संचारकर्मी प्रितम गोले तामाङ्ले बताए ।
भिडियो हेर्नुस:

 तामसालिङ खबर
तामसालिङ खबर




