पशुचौपाया सहित रौतहटमा लाखौंको अबैध सामान बरामद

तामसालिङ खबर
४ बैशाख २०७६, बुधबार १९:१५

रौतहट – रौतहटमा लाखौंको अबैध सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले बुधबार लाखौंको मुल्य बराबरको अबैध समान सहित बेबारिसे रुपमा पशुचौपाया समेत फेला परेको डिएसपी नवीन कार्कीले वताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतबाट खटिएको प्रहरीको गस्ती टोलिले विभिन्न स्थानहरुबाट भन्सार छल्दै चोरी पैठारी गरी भारतबाट नेपाल भित्राइएका लत्ता कपडा, चप्पल, डिजेल, दाल, चिनी बरामद गरेको थियो ।

उक्त सामाग्री र बेवारिसे अवस्थामा फेला परेको भैसी र पाडा समेत गरी करिब ४ लाख २४ हजार ७ सय ७५ रुपैया बराबरको सामग्री आवश्यक कारबाहीको लागी भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*