तामाङ डाटाबेसको अगुवाइमा शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौ – तामाङ डाटाबेसको अगुवाइमा सुन्दरीजल आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण हस्तान्तरण गरिएको छ । आइटी ईन्जिनियर एबम तामाङ डाटाबेसको सस्थापक सन्जय लामाले बुवा नैनसागर लामाको १६ औं पुण्यस्मृतिमा सो विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। काठमाडौ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ निवासी तामाङ डाटाबेसका संस्थापक एवं आइटी ईन्जिनियर लामा संगै शुशीला लामा, सुवास लामा र सुनिता लामाले आफ्नो बुवाको सम्झनामा शैक्षिक सामग्री सहयोग गरेका छन् । विद्यालयको कक्षा १ देखि ५ कक्षा सम्मका करिब ६० जना विद्यार्थीलाई अध्ययनमा उत्साह थपियोस भनेर शैक्षिक सामग्री सहयोग गरेको आइटी ईन्जिनियर लामाले...