हेटौडामा कलिउड सुपर डान्स फिट्नेस सञ्चालनमा

हेटौडा – कलिउड कला केन्द्रले डान्स सेन्टर संगै फिटनेस सेन्टर नया ब्यबस्थापन सहित ‘कलिउड सुपर डान्स फिट्नेस’ संचालनमा ल्याएको छ । २०५८ सालबाट हेटौंडामा डान्स कक्षा सञ्चालन गर्दै आईरहेकोे कला केन्द्र ०६२ सालबाट दर्ता गरि आफ्नो कामलाई निरन्तरता दिदैं आएको कलिउड कला केन्द्रमा अब फिटनेस पनि थप गरि प्रा.लिको रुपमा बुधबारबाट सञ्चालनमा आएको छ । कलिउड सुपर डान्स एण्ड फिट्नेस प्रालिको बुधबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन । उद्घाटन गरेर अवलोकन गरेपछि शुभकामना दिदैं उनले हेटौंडाको विभिन्न फिटनेस भन्दा यो अत्याधुनिक रहेको बताए । कार्यक्रममा बोल्दै...