स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा सुरेश श्रेष्ठ चयन

तामसालिङ खबर
९ बैशाख २०७६, सोमबार २२:४१

हेटौडा – स्वतन्त्र पत्रकार संघ मकवानपुर शाखाको दोस्रो जिल्ला अधिबेशनले समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमबार हेटौंडामा भएको भेलाले उपाध्यक्षमा रेडियो थाहा सञ्चारका गोकुल अधिकारी, सचिवमा नागरिक दैनिकका अशोकसुजन श्रेष्ठ, कोषाध्यक्षमा समृद्ध समाज दैनिककी प्रिया पौडेल, सदस्यहरुमा रेडियो अनमोलकी सुस्मिता पुडासैनी, प्रदेश दैनिकका प्रमोद अर्याल र रेडियो निकासका सुशन लामिछानेलाई चयन गरेको छ ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष सुरेश श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको बिशिष्ठ अतिथ्यमा भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बाँस्तोलाले पत्रकारितामा राजनीति मिसाउन नहुने भन्दै पत्रकार स्वतन्त्र भएमात्र देश र जनताको हित हुने बताए । पत्रकारहरुलाई राजनीतिक दलको भातृ संगठन भन्दा टाढै राख्नुपर्ने बताउँदै उनले भने, ‘निष्पक्ष पत्रकारिताका लागि स्वतन्त्र पत्रकारको विकल्प छैन ।’

स्वतन्त्र पत्रकार संघको विधान अनुसार कार्यसमितिको कार्यकाल २ बर्ष रहने छ । वि.सं. २०६८ सालमा पोखरामा स्थापना भएको स्वतन्त्र पत्रकार संघको मकवानपुरसहित २२ जिल्लामा शाखा रहेका छन् । गतबर्ष बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा संगठन विस्तार गरेको स्वतन्त्र पत्रकार संघले यसबर्ष झापा, मोरङ्ग लगायतका शाखा गठन गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*