नेपाली भू–उपग्रह बिहिबार प्रक्षेपण हुदै

काठमाडौं– नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट १’को प्रक्षेपण अमेरिकाको प्रक्षेपण गर्ने भएको छ । बिहिबार हुने प्रक्षेपणमा नासाले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । बर्ड्स प्रोजेक्टमार्फत् प्रक्षेपण हुन लागेको ‘नेपाली स्याट १’ नामक भू-उपग्रह प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गर्न लागेको बर्ड्स परियोजनाले जनाएको हो । अमेरिकाको भर्जिनिया राज्यको वालोप्स फ्लाइट फेसिलिटीबाट हुने भू–उपग्रह प्रक्षेपणको नासाले आफ्नो वेबसाइटमार्फत् प्रत्यक्ष प्रसारण गर्नेछ । नेपालीसहित जापानी र श्रीलंकाली भूउपग्रह आगामी बिहीबार सबेरै २ बजेर ३१ मिनेटमा अन्तरिक्षतर्फ प्रक्षेपण हुने जनाइएको छ । नेपाली भू–उपग्रह नर्थट्रोप ग्रुमान सिग्नस नामक अन्तरिक्ष यानमार्फत् प्रक्षेपण हुन...