तरकारीको बिचौलिया अन्त्य गर्न मित्रसेवा संचालनमा

तामसालिङ खबर
२८ चैत्र २०७५, बिहीबार १८:३५

हेटौडा (मनहरी) – तरकारीमा बिचौलियाको किनबेचको कारणले किसान मार्कामा परिरहेको बेला मित्रसेवा कृषि फर्मले किसानहरुको सहजताको लागि बिचौलिया अन्त्य गर्ने उदेश्यले नयाँ योजना सहित संचालनमा आएको छ ।

मित्रसेवाले कृषि उपजको उत्पादन बढाउन तथा बजारिकरण गर्न चाहने किसानलाई सहयोग गर्ने योजना सहित आज हेटौडामा भएको पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

किसानले उत्पादन गरेका कृषि उपजलाई प्रति केजी न्युनतम १४ देखि अधिकतम ४० प्रतिशत सम्म बजार मुल्य तोकेर लिने सम्झौता गरिने छ भने त्यसका लागि किसानले मित्रसेवा कृषि फर्ममा सेयर सदस्य बन्नुपर्ने कृषि फर्मका संचालक हरिशरण जिम्बाले बताए ।

सेयर सदस्य बन्न किसानले सुरुमा १ हजार रुपैया तिर्नु पर्नेछ, त्यसपछि तीन-तीन महिनामा ५ हजारका दरले शुल्क लाग्ने बताएको छ । किसानबाट लिइएको सेयर बापतको रकम प्रत्येक वर्ष सेयर लाभांसका रुपमा किसानलाई नै उपलब्ध गराइने बताए ।

किसानहरुको सहजताका लागि कृषि पाठशाला गठन गरिने, तालिम प्राप्त कृषि प्राविधिकहरुको टोलीले निरन्तर अनुगमन गर्ने तथा किसानलाई तालिम उपलब्ध गराइने जानकारी दिनुभयो ।

वैशाख ४ गते मनहरी वडा नम्बर १ चकरीबाट संचालनमा आउने कृषि फर्मको योजनामा पालुङ, भिमफेदी, हेटौडाको १२, १३, १७ र १९ नम्बर वडा तथा बाग्मती र गढी गाउपालिकामा समेत संचालन गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*