नेपालमा ३१ परियोजनामा विदेशीकोे चासो, कसकोे कति लगानी हेर्नुस ?

काठमाण्डाै – नेपालका ३१ वटा परियोजनामा लगानी गर्न ४८ वटा विदेशी कम्पनीले आवेदन दिएका छन् । गएको चैतमा काठमाण्डौमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा प्रस्तुत भएका ७७ वटा परियोजनामध्ये ३१ वटामा लगानीको लागि प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ । यी परियोजनाको लागत २५ खर्ब रुपैयाँ छ । कृषिका ५ परियोजनामा ७, स्वास्थ शिक्षामा २, उर्जामा ७ पूर्वाधारमा ८, उद्योगमा १, पर्यटन पूर्वाधारमा ३, यातायात पूर्वाधारका ९ परियोजनामा २२ र शहरी पूर्वाधारका ४ परियोजनामा ५ वटा आवेदन पेश भएका छन् । खर्चका हिसाबले सबैभन्दा महँगा ३ खर्ब ३४ अर्ब रुपैयाँ...