पुनर्निर्माणबाट ठडियो, सिन्धुपाल्चोकको छ्योइफेलिङ गोन्पामा
 
 सिन्धुपाल्चोक – २०७२ सालको भूकम्पको ४ बर्ष पछि सिन्धुपाल्चोकको हजार वर्ष पुरानो गुम्बा छ्योइफेल कुन्देलिङ गोन्पाको पुनर्निर्माण कार्य सकिएको छ । गुम्बाको पुननिर्माण गरी ल्होरी, प्रतिमाको प्राण प्रतिष्ठा र छेवाङ पुजा गरी अनावरण गरिएको हो ।
दुई दिनसम्म गरेको प्राण प्रतिष्ठा र छेवाङ पुजामा प्रमुख अतिथि समेत रहेका धर्मगुरु श्याल्पातेन्जिङ रिम्पोर्छेले धार्मिक विद्यालय बनाउनुपर्ने बताएका छन् । कार्यक्रममा दुतावासका नियोग उपप्रमुख डा. अजय कुमारले नयाँ भवन उद्घाटन गर्दै हाम्रो सानो सहयोगले यहाँका गुम्बामा अझ राहत मिलेको बताए । उनले दुतावासले सिन्धुपाल्चोकमा धेरै सहयोग गरेको जानकारी दिए ।

कार्यक्रममा गुम्बाका उपाध्यक्ष सिद्दिबज्र लामाले गुम्बाको इतिहास हजार बर्ष पुरानो रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा लामा कुस्योहरुले संरक्षण गरेर राखेको जानकारी दिए । २०३८ सालदेखि कार्यसमिति बनाएर संरक्षण गरिरहेको बताए ।
ङिङ्मापा सम्प्रदायले १० औं शताब्दीमा बनाएको गोन्पा प्राकृतिक प्रकोपका कारण पछि छोइफेल कुन्देलिङ गोन्पामा परिणत भएको हो, गुम्बाका प्रमुख लामा नोर्बु लामाले जानकारी दिए । दुताबासले आवास,भान्छा र कम्पाउण्ड लगायत बनाएका थिए । गोन्पाको पुरानो नाम टासी धार्गेलिङ हो ।

 तामसालिङ खबर
तामसालिङ खबर




