हुप्राचौरमा प्याराफिट बनाउन माग सहित मेयरलाइ ज्ञापन पत्र
हेटौँडा – हेटौँडाको लोकतान्त्रिक चौर हुप्राचौरमा प्याराफिट बनाउन माग गर्दै मकवानपुरमा रहेको अधिकांश क्रियाशिल खेलकुदका संघसस्थाको नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् । खेलकुदको गतिविधिहरुलाई ब्यवस्थित गर्ने भन्दै आफुहरुले प्याराफिट निर्माणको माग गरेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए । ज्ञापनपत्र बुझदै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफुहरुले हुप्राचौरलाई बन्द गर्ने मनासयले प्याराफिटको निर्माण गर्न लागेको भन्ने हल्ला गलत भएको बताए । प्याराफिट एक क्षेत्रमा मात्र हुने र उक्त क्षेत्रमा सटर निर्माण गर्दै ब्यवसाय सञ्चालकलाई दिने र उक्त रकम खेल क्षेत्रमानै लगाउने...



















