मनहरीको पशुपतिनाथ माविले शैक्षिक क्यालेण्डर प्रकाशन
हेटौडा (मनहरी) – मनहरीको मसिनेमा रहेको पशुपतिनाथ माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ सालको शैक्षिक क्यालेण्डर बिहीबार प्रकाशन गरेको छ । बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष माधब गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ का वडाअध्यक्ष ध्रुब खड्काको प्रमुख आतिथ्यतामा शैक्षिक क्यालेण्डर लोकार्पण गरेका हुन् । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तीनवटा आधारभुत विद्यालय समेटेर निर्माण गरिएको क्यालेण्डर वडा नं ४ का ३ वटा र वडा नं ३ को एउटा गरी चारवटै विद्यालयका बालबालिकालाई निशुल्क उपलब्ध गराईने भएको छ । गतबर्षदेखि विद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशन सुरु गरेको हो । चारवटै विद्यालयका...


















