सिन्धुपाल्चोकमा पहिलो महिला सिडिओ गोमादेवी चेम्जोङ

तामसालिङ खबर
११ बैशाख २०७६, बुधबार १९:००

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा पहिलो पटक महिला प्रमुख जिल्ला अघिकारीको रुपमा गृह मन्त्रालयकी उपसचिव समेत रहेका गोमादेवी चेम्जोङ पहिलो जिल्ला प्रमुख भएर आएकी छन् ।

जिल्लाको ४७ औँ सिडिओको रुपमा उनले कार्यभार सम्हालेकी छिन् । यसअघि ४६ जना पुरुष सिडिओ बन्दा महिलाले यो अवसर पाएका थिएनन् । शुक्रबार हाजिर भएर पदभार सम्हालेकी चेम्जोङ जिल्लाको बस्तुस्थिति र समस्या बुझ्न कर्मचारी, राजनीतिक दलका नेता, नागरिक समाजसँग भेटघाट र अन्तरक्रियामा ब्यस्त छिन् ।

कर्मचारी समयोजनमा संघ रोजेकी उनी गृहमन्त्रालयबाट सरुवा भएर आएकी हुन् । उनले यसअघि भोजपुरको सिडिओ चलाएकी थिइन् । सिन्धुपाल्चोक ले यसअघि उपसचिव दुर्गा बञ्जाडेलाई पहिलो सहायक सिडिओ पाएको थियो । जिल्लाको सिडिओमा सहसचिव दरबन्दी रहे पनि गृहले चेम्जोङलाई बरिष्ठ उपसचिवको हैसियतमा कामु सहसचिव बनाउँदै जिल्ला प्रमुखको जिम्मेवारी दिएको हो ।

१४ वर्षअघि २०६३ मा शाखा अधिकृतको रुपमा निजामती सेवा प्रवेश गरेकी चेम्जोङले विभिन्न मन्त्रालय र विभागमा बसी कार्यानुभव बटुलिसकेकी उनि २०६९ मा उपसचिवमा बढुवा पाएकी उनले अख्तियार, महिला मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, अध्यागमन विभागमा बसेर काम गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*