थाहानगरमा ‘मकवानपुर जर्नालिजम अवार्ड हुने’

तामसालिङ खबर
११ बैशाख २०७६, बुधबार २०:२६

हेटौँडा – मोफसलमा रहेर पत्रकारिता गरिरहेको मकवानपुरमा ‘पहिलो मकवानपुर जर्नालिजम अवार्ड’ हुने भएको छ ।

क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको पालुङमा हुने समारोहमा मकवानपुरको पर्यटन प्रर्वद्धनमा मिडियाको भूमिका विषयक सेमिनारको समेत आयोजना हुने क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष धर्मेन्द्र दाहालले बताए ।

न्युज क्लब नेपालमा बुधबार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सर्वोत्कृष्ट वर्ष पत्रकार अवार्ड, आर्थिक पत्रकार अवार्ड, क्रियाशिल महिला पत्रकार अवार्ड, अनलाईन पत्रकार अवार्ड, शिक्षा, पर्यटन पत्रकार अवार्ड, सामजिक पत्रकार अवार्ड, टेलिभिजन पत्रकार अवार्ड, फिचर रिर्पोटिङ, युवा पत्रकार, उदयीमान पत्रकार लगायतको २३ वाट विधामा पत्रकारहरुलाई अवार्ड प्रदान गरिने बताएको छ ।

अवार्ड कार्यक्रममा लाईफटाईम अचिभमेन्ट अवार्डबाट एकजना बरिष्ट पत्रकारलाई समेत सम्मानित गर्ने बताएको छ ।

कार्यक्रममा “बेलप्रसाद – कमला दाहाल ग्रामिण सामजिक पत्रकारिता पुरस्कार”बाट पत्रकार शिवकुमार काशी तथा “शिव – सत्यरुपा सिलवाल आर्थिक पत्रकारिता पुरस्कार” बाट रुपेश दुलाललाई नगद ११ हजार १ सय ११ सहित पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ । कार्यक्रमलाई मुख्य प्रयोजकको रुपमा गोदावरी स्टिलले प्रयोजन गरेको छ ।

कार्यक्रममा विभिन्न विधामा रहेको खबरब्रेक वर्ष सम्मान समेत प्रदान गरिने आयोजकको भनाई रहेको छ । कार्यक्रममा १३ लाख रुपैँया खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*