तामाङ डाटाबेसको अगुवाइमा शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौ – तामाङ डाटाबेसको अगुवाइमा सुन्दरीजल आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण हस्तान्तरण गरिएको छ । आइटी ईन्जिनियर एबम तामाङ डाटाबेसको सस्थापक सन्जय लामाले बुवा नैनसागर लामाको १६ औं पुण्यस्मृतिमा सो विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
काठमाडौ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ निवासी तामाङ डाटाबेसका संस्थापक एवं आइटी ईन्जिनियर लामा संगै शुशीला लामा, सुवास लामा र सुनिता लामाले आफ्नो बुवाको सम्झनामा शैक्षिक सामग्री सहयोग गरेका छन् ।
विद्यालयको कक्षा १ देखि ५ कक्षा सम्मका करिब ६० जना विद्यार्थीलाई अध्ययनमा उत्साह थपियोस भनेर शैक्षिक सामग्री सहयोग गरेको आइटी ईन्जिनियर लामाले बताए । उपत्यकाको उत्तरी क्षेत्र मुलखर्कमा रहेको उक्त विद्यालयमा तामाङ समुदायको बिद्यार्थीको बाहुल्यता रहेको छ ।
हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नानीमाया लामा, प्रधानाध्यापक प्रकाश कर्माचार्य, सहायक प्रधानाध्यापक गणेश श्रेष्ठ लगायतले सहयोगी मनप्रति धन्यबाद ब्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरेका छन् ।
आइटी ईन्जिनियर लामाले विगत ५ वर्षदेखि २ लाख संख्यामा तामाङहरु सदस्य रहेका तामाङ डाटाबेस सामाजिक संजालको फेसबुक ग्रुप संचालन गर्दै आइरहेको छ । डाटाबेसको अगुवाईमा विभिन्न ठाउँमा सहयोग संगै विविध सामाजिक कार्यहरु समेत गर्दै आइरहेका छन् ।